राष्ट्रिय सभाको सचिवमा तुलबहादुर कंडेल नियुक्त

DaksuMedia दाक्सु मिडिया
|
२०८२ मंसिर २

काठमाण्डौँ । राष्ट्रिय सभाको सचिवमा तुल बहादुर कंडेल नियुक्त भएका छन् ।

राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले कंडेललाई सचिव नियुक्त गरेका हुन् ।

आजैबाट लागू हुनेगरी उनलाई सचिव नियुक्त गरिएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता ईश्वरीप्रसाद पाण्डेले जानकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *