सचिवमा केपी ओलीको प्यानल नै विजयी

DaksuMedia दाक्सु मिडिया
|
२०८२ पुष ३

काठमाण्डौँ । नेकपा एमालेको सचिवमा अध्यक्ष केपी शर्मा ओलीको प्यानल नै विजयी भएको छ ।

९ सचिवमा सबैभन्दा बढी मत महेश बस्नेतले ल्याएका छन् । उनले १ हजार ५ सय ४४ मत ल्याएर विजयी भएका हुन् । दोस्रो धेरै मत ल्याएर विजयी हुनेमा पद्माकुमारी अर्याल रहेकी छन् । उनले १ हजार ५ सय ३० मत ल्याएकी छन् ।

यसैगरी तेस्रो धेरै मत ल्याउनेमा छविलाल विश्वकर्मा रहेका छन् । उनले १ हजार ५ सय ६ मत ल्याएका छन् ।

यसैगरी सचिवमा विजयी हुनेमा शेरधन राई १५ं०३, हिक्मतकुमार कार्की १३३७, खगराज अधिकारी १२३१, यामलाल कंडेल ११८५, राजन भट्टराई ११८१ र भानुभक्त ढकाल ११०८ रहेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *