थुलुङ दुधकोशी प्राविधिक शिक्षालय नेपालमै सतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल ।

DaksuMedia दाक्सु मिडिया
|
२०८० आश्विन १६

थुलुङ दुधकोशी प्राविधिक शिक्षालय नेपालमै सतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल ।

थुलुङ दुधकोशी प्राविधिक शिक्षालय नेपालमै सतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल कलेज बनेको छ । २०७८ सालमा भर्ना भएका दोस्रो सेमेस्टरका विद्यार्थी सत प्रतिशत उत्तीर्ण भएका छन ।

यस वर्षको नतिजाले कलेजको शैक्षिक गुणस्तर उच्च रहेको प्रमाणित गरेको गाउँपालिका अध्यक्ष असिम राईले बताउनुभयो ।

यस्तै २०७७ सालमा भर्ना भइ पुरक परिक्षा दिएका २२ जना विद्यार्थी समेत सतप्रतिशत उत्तीर्ण भएको प्राविधिक शिक्षालयले जनाएको छ । सिटिइभिटीको नतिजा हेर्दा देशभरी प्राविधिकनै सतप्रतिशत विद्यार्थी पास हुने कलेज थुलुङ दुधकोशी  शिक्षालय रहेको गाउँपालिका प्रवक्ता भोजराज कार्कीले जानकारी दिनुभयो ।

गाउँमै प्राविधिक धार अन्तर्गत सिभिल इन्जिनियरको कक्षा संचालन गरि दक्ष जनशक्ति उत्पादन गर्ने सपना पूरा हुने चरणमा रहेको गाउँपालिका अध्यक्ष असिम राईले बताउनुभयो । गुणस्तरीय शिक्षा प्रदान गर्ने सवालमा कुनैपनि कसर बाकी नराखिकन काम गरिरहेको भन्दै अध्यक्ष राईले शहरको महँगो कलेजमा उत्पादन भएका जनशक्ति सङ्ग थुलुङ दुधकोशीमा उत्पादन भएको जनशक्तिले पुर्णरुपमा प्रतिस्पर्धा गरि नाम दर्ज गर्ने दावी गर्नुभयो ।

लोखिममा संचालित बाली विज्ञानको गुणस्तर समेत संतोषजनक रहेको भन्दै अध्यक्ष राईले शैक्षिक क्षेत्रमा सरकारले गरेको लगानीबाट राम्रै प्रतिफल प्राप्त भैरहेको बताउँनुभयो । 

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *