थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष अशिम राई र अध्यक्ष प्रचण्डबीच भेटवार्ता

DaksuMedia दाक्सु मिडिया
|
२०८२ श्रावण ९

काठमाडौं, साउन ९ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष अशिम राईले हालै एक महत्वपूर्ण भेटवार्ता गरेका छन्।

भेटमा अध्यक्ष राईले गाउँपालिकामा हालैको बाढीपहिरोले पुर्‍याएको क्षति र त्यसबाट उत्पन्न चुनौतीहरूबारे अध्यक्ष प्रचण्डलाई जानकारी गराएका थिए।

थुलुङ दुधकोशी गाउँपालिका हाल बाढी, पहिरो तथा सडक अवरुद्धजस्ता समस्याबाट प्रभावित हुँदै आएको छ। स्थानीय सरकारको प्रयासका बाबजुद संघीय तहबाट ठोस सहयोगको खाँचो देखिएको अवस्थामा यो भेटलाई सकारात्मक पहलका रूपमा हेरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *