थुलुङ दुधकोशी गाउँपालिकाको पहलमा सडकबाट तल खसेको ट्रक निकालियो

DaksuMedia दाक्सु मिडिया
|
२०८१ भाद्र ८

सोलुखुम्बु।थुलुङ दुधकोशी गाउँपालिका-८ दिप्लीघाटमा सडकबाट तल खसेको ट्रकलाई निकालिएको छ ।
भदौ ५ गते साझ ७:३० बजे तिर ब्रेक फेल भइ खसेको सो ट्रक थुलुङ दुधकोशी गाउँपालिकाको पहल,नेपाल प्रहरीको समन्वय र यातायात व्यवसायीको सहयोगमा उक्त ट्रक निकालिएको छ थुलुङ दुधकोशी गाउँपालिकाका प्रबक्ता भोजराज कार्कीले जानकारी दिनुभयो।वहाँले महाकुलुङ हाइड्रोपावरको सहयोगमा अवरुद्ध सडक खुलाउले कार्य जारी रहेको समेत बताउनुभयो।
उक्त कार्यमा गाउँपालिका प्रवक्ता तथा ७ नम्बर अध्यक्ष भोजराज कार्की र प्रहरी चौकी मुक्लीका इन्चार्ज डेगेन्द्र कार्कीसहितको टोलि खटिनुभएको र गाउँपालिकाको जेसिबी प्रयोग गरिएको थुलुङ दुधकोशी गाउँपालिकाले जनाएको छ।
ट्रकका मालिक टाढा रहेका कारण उनी आएपछि ट्रक ननिकाल्दा सडक खुल्न र मर्मत गर्न अझै १० दिन कुर्नुपर्ने भएकाकारण स्थानीय सरकारले जिम्मा लिइ प्रहरीको समन्वयमा ट्रक निकालिएको प्रबक्ता कार्कीको भनाई छ।
उक्त क्षेत्रको भूगोल अत्यन्त कम्जोर रहेकाले बर्खाको समयमा सडक बारम्बार अवरुद्ध हुन सक्ने बताउँदै गाउँपालिका अध्यक्ष अशिम राईले अवरुद्ध सडकलाई सहज रुपमा संचालन गर्नका लागि थुलुङ दुधकोशी गाउँपालिका गम्भीर रहेको पनि बताउनुभयो।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *