पञ्चकन्या ग्रुपको व्यापार १४ प्रतिशतले बढ्यो

DaksuMedia दाक्सु मिडिया
|
२०८३ जेष्ठ ५

काठमाण्डौँ । पञ्चकन्या ग्रुपको व्यापार १४ प्रतिशतले बढेको छ । ग्रुपको व्यापार सन् २०२४ को तुलनामा सन् २०२५ मा १४.२६ प्रतिशतले बढेको हो ।

ग्रुपले समग्र रुपमा गत आर्थिक वर्षमा ४ वटा कम्पनीमार्फत् ६ अर्ब ६८ करोड १० लाख रुपैयाँको कारोबार गरेका छन् । ग्रुपका ती कम्पनीले सन् २०२४ मा ५ अर्ब ८४ करोड ७० लाख रुपैयाँ र सन् २०२३ मा ७ अर्ब ८६ करोड रुपैयाँको कारोबार गरेका थिए ।

सन् २०२४ मा घटेको ग्रुपको व्यापार गत आवमा रिबाउन्ड हुँदै गएको देखिन्छ । ग्रुपको पञ्चकन्या प्लास्ट प्रालि, पञ्चकन्या प्लास्टिक इन्डष्ट्रिज प्रालि, पञ्चकन्या रोटोमोल्ड प्रालि र पञ्चकन्या स्टिल प्रालि गरी चारवटा कम्पनीको व्यापारमा वृद्धि देखिएको हो ।

ग्रुपको पञ्चकन्या प्लास्टले गत आवमा ७९ करोड १० लाख रुपैयाँ, पञ्चकन्या प्लास्टिक इन्डष्ट्रिजले ९८ करोड ३० लाख रुपैयाँ र पञ्चकन्या रोटोमोल्डले ७९ करोड ९० लाख रुपैयाँको व्यापार गर्दा पञ्चकन्या स्टिलले सबैभन्दा धेरै ४ अर्ब ११ करोड ८० लाख रुपैयाँको व्यापार गरेका छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *