सानिमा जिआइसी इन्स्योरेन्सको खुद बीमाशुल्क ७.८८ प्रतिशतले बढ्यो

DaksuMedia दाक्सु मिडिया
|
२०८३ बैशाख २९

काठमाण्डौं । सानिमा जिआइसी इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमास (साउनदेखि चैत) सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार कम्पनीको नाफा घटेको छ भने कुल बमिाशुल्क र खुद बीमा शुल्क आर्जन बढेको छ ।

२ अर्ब १५ रुपैयाँ चुक्तापुँजी रहेको कम्पनीको समीक्षा अवधिसम्ममा स्पेसल रिर्जभमा ७७ करोड ५२ लाख रुपैयाँ, महाविपत्ति कोषमा ४ करोड ८५ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा १९ करोड २७ लाख रुपैयाँ र अन्य इक्विटीमा १२ करोड ३८ लाख रुपैयाँ रहेको छ । अघिल्लो वर्षको असार मसान्तसम्म कम्पनीको स्पेसल रिर्जभमा ७४ करोड ९५ लाख रुपैयाँ, महाविपत्ति कोषमा ४ करोड ५९ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा १७ करोड २७ लाख रुपैयाँ र अन्य इक्विटीमा १४ करोड २७ लाख रुपैयाँ रहेको थियो ।

वित्तीय विवरणअनुसार कम्पनीले चालु आर्थिक वर्षको ९ महिनामा ५ करोड १३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्ष २०८१/८२ को यही अवधिसम्म कम्पनीले २३ करोड ३५ लाख रुपैयाँ नाफा कमाएको थियो । अघिल्लो वर्षको यसै अवधिको तुलनामा कम्पनकिो नाफा ७८ प्रतिशतले घटेको हो ।

समीक्षा अवधिसम्म कम्पनीले १ अर्ब ९७ करोड २३ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो वर्षको चैतसम्म कम्पनीले १ अर्ब ६८ करोड ५६ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको थियो । अघिल्लो वर्षको तुलनामा कम्पनीको कुल बीमाशुल्क आर्जन बढेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *