काठमाण्डौं । नेको इन्स्योरेन्सले आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमास (साउन–चैत) सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । वित्तीय विवरणअनुसार कम्पनीले चालु आर्थिक वर्षको ९ महिनामा १६ करोड ३९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्ष २०८१/८२ को यही अवधिसम्म कम्पनीले ३६ करोड ९३ लाख रुपैयाँ नाफा कमाएको थियो । अघिल्लो वर्षको तुलनामा कम्पनीको नाफा ५५.६१ प्रतिशतले घटेको छ।
चुक्तापुँजी २ अर्ब ७७ करोड २२ लाख रुपैयाँ रहेको कम्पनीको समीक्षा अवधिसम्ममा शेयर प्रिमियममा ११ करोड १७ लाख रुपैयाँ, स्पेसल रिर्जभमा २ अर्ब ३४ करोड ४६ लाख रुपैयाँ, महाविपत्ति कोषमा १७ करोड २ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ३७ करोड रुपैयाँ र अन्य इक्विटीमा ४१ करोड ६२ लाख रुपैयाँ रहेको छ । अघिल्लो वर्ष असार मसान्तसम्म कम्पनीको शेयर प्रिमियममा ११ करोड १७ लाख रुपैयाँ, स्पेसल रिर्जभमा २ अर्ब ३१ करोड ३६ लाख रुपैयाँ, महाविपत्ति कोषमा १६ करोड ७१ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ७६ करोड ७७ लाख रुपैयाँ र अन्य इक्विटीमा ४३ करोड ४२ लाख रुपैयाँ रहेको थियो ।
चालु आर्थिक वर्षको चैतसम्म कम्पनीको बीमा कोषमा ५ अर्ब १३ करोड ६७ लाख रुपैयाँ रहेको छ।

दाक्सु मिडिया





तपाईको प्रतिक्रिया दिनुहोस्