अलैँची निर्यात ३३ प्रतिशतले बढ्यो

DaksuMedia दाक्सु मिडिया
|
२०८२ कार्तिक ९

झापा । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिकमा मेची भन्सार कार्यालयबाट अलैँचीको निर्यात ३३ प्रतिशतले बढेको छ।

कार्यालयका अनुसार तीन महिनामा एक अर्ब ६७ करोड ९१ लाख रुपैयाँभन्दा बढी मूल्यको १,०७२ मेट्रिक टन अलैँची निर्यात भएको छ। अघिल्लो वर्ष सोही अवधिमा एक अर्ब सात करोड रुपैयाँबराबरको अलैँची निर्यात भएको थियो।


त्यस्तै, सो अवधि चियाको निर्यात भने ४०.९० प्रतिशतले घटेर एक अर्ब एक करोड रुपैयाँमा सीमित भएको भन्सार कार्यालयले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *