|
२०८३ बैशाख २
काठमाण्डौँ । आज बुधबार सुन प्रतितोला २ हजार ९ सय रुपैयाँले बढेको छ । नेपाली बजारमा सुनको भाउ फेरि प्रतितोला ३ लाख रुपैयाँ नाघेको हो ।
सो वृद्धिपछि सुन प्रतितोला ३ लाख २ हजार ७ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन २ लाख ९९ हजार ८ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । गत बुधबार २ लाख ९९ हजार रुपैयाँमा सुनको कारोबार भएको थियो ।
आज चाँदी पनि बढेको छ । अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला १ सय ५५ रुपैयाँ बढेको हो । हिजो प्रतितोला ५ हजार ६५ रुपैयाँमा कारोबार भएको चाँदी आज ५ हजार २ सय २० रुपैयाँमा पुगेको छ । गत बुधबार चाँदी प्रतितोला ५ हजार २५ रुपैयाँमा कारोबार भएको थियो ।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्