एकै दिन ५ हजार ६ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

DaksuMedia दाक्सु मिडिया
|
२०८२ फाल्गुन १७

काठमाडौं । नेपाली बजारमा आज ९आइतबार० सुनचाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको छ।

शुक्रबार प्रतितोला ५ सय रुपैयाँ घटेको सुन आज एकैदिन प्रतितोला ५ हजार ६ सय रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख २० हजार ५ सय रुपैयाँमा किनबेच भइरहेको छ ।

गत शुक्रबार भने सुन प्रतितोला ३ लाख १४ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य पनि आइतबार बढेको छ। शुक्रबार प्रतितोला ५ हजार ७ सय ४० रुपैयाँमा कारोबार भएको चाँदी आज ५ हजार ९ सय ८५ रुपैयाँमा किनबेच भइरहेको छ। यो अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला २ सय ४५ रुपैयाँले बढी हो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *