आज सुनको मूल्य २ हजार २ सय रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

DaksuMedia दाक्सु मिडिया
|
२०८२ चैत्र २७

काठमाण्डौँ । स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ । सुन प्रतितोला २ हजार २०० ले बढेको छ भने चाँदी तोलामा ८५ ले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ९६ हजार ९०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य ४ हजार ९ सय ६० कायम भएको छ ।

हिजो बिहीबार छापावाल सुनको मोल प्रतितोला २ लाख ९४ हजार ७०० र त्यति नै परिमाणको चाँदी ४ हजार ८ सय ७५ मा कारोबार भएको थियो । गत बुधबार छापावाल सुनको मोल प्रतितोला २ लाख ९९ हजार र त्यति नै परिमाणको चाँदीको मूल्य ५ हजार २५ कायम भएको थियो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार ३०० र त्यति नै परिमाणको चाँदी ९५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *