बुधबार सुनको मूल्य १४ हजार ४ सय रुपैँयाले बृद्धि, कतिमा हुँदैछ कारोबार ?

DaksuMedia दाक्सु मिडिया
|
२०८२ माघ २१

काठमाण्डौँ । नेपाली बजारमा सुनचाँदीको भाउ फेरि उकालो लागेको छ । अघिल्लो दिनको तुलनामा सुनको भाउ १४ हजार ४०० रुपैयाँले वृद्धि भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको भाउ प्रतितोला तीन लाख ४ हजार ७०० रुपैयाँ निर्धारण भएको छ ।

मंगलबार सुनको भाउ प्रतितोला २ लाख ९० हजार ३०० रुपैयाँ थियो ।

त्यसैगरी, बुधबार चाँदीको भाउ पनि तोलामा २ सय ६५ रुपैयाँले बढेको छ । मूल्य बढेसँगै चाँदीको भाउ प्रतितोला ५ हजार ६०० रुपैयाँ कायम भएको छ ।

मंगलबार चाँदी प्रतितोला ५ हजार ३ सय ३५ रुपैयाँ थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *