सुन तोलामा २ हजार ६०० ले महँगियो, कतिमा हुँदैछ कारोबार ?

DaksuMedia दाक्सु मिडिया
|
२०८२ आश्विन २२

काठमाण्डौँ । आज सुनको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य तोलामा २ लाख ३८ हजार रुपैयाँ कायम भएको छ ।

मंगलबार तोलामा २ लाख ३५ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज तोलामा २ हजार ६ सय रुपैयाँले बढेको हो । १० ग्रामको मूल्य पनि मंगलबारको २ लाख १ हजार ८२० रुपैयाँबाट बढेर आज २ लाख ४ हजार ४५ रुपैयाँ पुगेको छ । जुन मूल्य हालसम्मकै उच्च हो ।

यसैगरी मंगलबार तोलाको २ हजार ९६० रुपैयाँमा कारोबार भएको चाँदी आज तोलामा २ हजार ९५५ रुपैयाँमा पुगेको छ, अर्थात् तोलामा ५ रुपैयाँले सस्तो भएको हो ।

अन्तर्राष्ट्रिय बजारमा अमेरिकी डलरको उतारचढाव र सुनप्रतिको माग बढेसँगै नेपाली बजारमा पनि सुनको मूल्य फेरि उकालो लागेको बताइएको छ ।

अन्तर्राष्ट्रिय बजारमा अमेरिकी डलरको उतारचढाव र सुनप्रतिको माग बढेसँगै नेपाली बजारमा पनि सुनको मूल्य फेरि उकालो लागेको बताइएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *