बुधबार सुनको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार ?

DaksuMedia दाक्सु मिडिया
|
२०८२ कार्तिक १२

काठमाण्डौँ । बुधबार सुनको भाउ प्रतितोला ७ सय रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ३६ हजार ३ सय रुपैयाँ तोकेको छ ।

अघिल्लो दिन २ लाख ३७ हजार रुपैयाँमा कारोबार भएको थियो । यसअघि असोज ३१ गते सुनको भाउ हालसम्मकै उच्च प्रतितोला २ लाख ५८ हजार रुपैयाँ पुगेको रेकर्ड छ ।

अन्तर्राष्ट्रिय बजारमा बुधबार प्रतिऔंस ३९५८ अमेरिकी डलरमा सुनको कारोबार भएको छ ।

चाँदीको भाउ भने बढेको छ । प्रतितोला ४५ रुपैयाँले चाँदी महँगिएको छ । अघिल्लो दिन २ हजार ९ सय २० रुपैयाँमा चाँदीको कारोबार भएकोमा आज २ हजार ९ सय ६५ रुपैयाँ पुगेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *