|
२०८२ माघ ३
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि सार्वजनिक गरेको विनिमयदरअनुसार अमेरिकी डलर हालसम्मकै उच्च बिन्दुमा पुगेको छ। एक अमेरिकी डलरको खरिददर १४५ रुपैयाँ ०९ पैसा र बिक्रीदर १४५ रुपैयाँ ६९ पैसा तोकिएको छ।
डलरसँगै अन्य प्रमुख विदेशी मुद्राको मूल्य पनि उच्च देखिएको छ। युरो, पाउण्ड, स्वीस फ्रयाङ्क, कुवेती दिनार र ओमनी रियालजस्ता मुद्राको दर उल्लेख्य रहेको छ। कुवेती दिनार एकको खरिददर ४७४ रुपैयाँ ४६ पैसा पुगेको छ भने युके पाउण्डको खरिददर १९४ रुपैयाँ ५१ पैसा कायम भएको छ।
राष्ट्र बैङ्कका अनुसार यी दरहरू आवश्यकताअनुसार जुनसुकै बेला संशोधन हुन सक्नेछन्। वाणिज्य बैङ्कका विनिमयदर फरक हुन सक्ने हुँदा अद्यावधिक विवरण राष्ट्र बैङ्कको वेबसाइटमार्फत हेर्न सकिनेछ।


दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्