नेपाल राष्ट्र बैंकद्वारा विदेशी मुद्रा विनिमयदर निर्धारण: अमेरिकी डलरको बिक्रीदर १४३ रुपैयाँ १४ पैसा

DaksuMedia दाक्सु मिडिया
|
२०८२ पुष ५

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। अमेरिकी डलरको खरिददर १४२ रुपैयाँ ५४ पैसा र बिक्रीदर १४३ रुपैयाँ १४ पैसा कायम गरिएको छ।

युरोको खरिददर १६६ रुपैयाँ ९४ पैसा र बिक्रीदर १६७ रुपैयाँ ६५ पैसा, युके पाउण्ड स्ट्रलिङको खरिददर १९० रुपैयाँ ६३ पैसा र बिक्रीदर १९१ रुपैयाँ ४४ पैसा रहेको छ। स्वीस फ्र्याङ्कको खरिददर १७९ रुपैयाँ १७ पैसा र बिक्रीदर १७९ रुपैयाँ ९३ पैसा तोकिएको छ।

अष्ट्रेलियन डलर ९४ रुपैयाँ १६ पैसा/९४ रुपैयाँ ५६ पैसा, क्यानाडियन डलर १०३ रुपैयाँ ३० पैसा/१०३ रुपैयाँ ७४ पैसा, सिङ्गापुर डलर ११० रुपैयाँ २८ पैसा/११० रुपैयाँ ७४ पैसा रहेको छ।

जापानी येन (१०) ९ रुपैयाँ ०६ पैसा/९ रुपैयाँ १० पैसा, चिनियाँ युआन २० रुपैयाँ २४ पैसा/२० रुपैयाँ ३३ पैसा, कतारी रियाल ३९ रुपैयाँ १२ पैसा/३९ रुपैयाँ २८ पैसा कायम गरिएको छ।

त्यस्तै, थाइ भाट ४ रुपैयाँ ५३ पैसा/४ रुपैयाँ ५५ पैसा, युएई दिराम ३८ रुपैयाँ ८१ पैसा/३८ रुपैयाँ ९७ पैसा, मलेसियन रिङ्गेट ३४ रुपैयाँ ९६ पैसा/३५ रुपैयाँ ११ पैसा, साउथ कोरियन वन (१००) ९ रुपैयाँ ६४ पैसा/९ रुपैयाँ ६८ पैसा तोकिएको छ।

राष्ट्र बैंकले हङकङ डलर १८ रुपैयाँ ३२ पैसा/१८ रुपैयाँ ४० पैसा, कुवेती दिनार ४६४ रुपैयाँ ०४ पैसा/४६६ रुपैयाँ, बहराइन दिनार ३७८ रुपैयाँ ०६ पैसा/३७९ रुपैयाँ ६५ पैसा, ओमनी रियाल ३७० रुपैयाँ २३ पैसा/३७१ रुपैयाँ ७९ पैसा कायम गरेको छ। भारतीय रुपैयाँ (१००) को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ।

केन्द्रीय बैंकले आवश्यक परेमा विनिमयदरलाई जुनसुकै समयमा संशोधन गर्न सक्ने जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *