काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको नयाँ विनिमयदर सार्वजनिक गरेको छ। केन्द्रीय बैंकका अनुसार आज अमेरिकी डलरको मूल्य अघिल्लो दिनको तुलनामा केही वृद्धि भएको छ।
आज अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ३६ पैसा र बिक्रीदर १४३ रुपैयाँ ९६ पैसा तोकिएको छ। बुधबार भने डलरको खरिददर १४३ रुपैयाँ १५ पैसा र बिक्रीदर १४३ रुपैयाँ ७५ पैसा थियो।
डलरसँगै अन्य प्रमुख विदेशी मुद्राको दर पनि निर्धारण गरिएको छ। युरोपियन युरो एकको खरिददर १६९ रुपैयाँ ०९ पैसा र बिक्रीदर १६९ रुपैयाँ ७९ पैसा कायम गरिएको छ। युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १९३ रुपैयाँ ७४ पैसा र बिक्रीदर १९४ रुपैयाँ ५५ पैसा पुगेको छ। स्विस फ्र्यांक एकको खरिददर १८२ रुपैयाँ २२ पैसा र बिक्रीदर १८२ रुपैयाँ ९८ पैसा रहेको छ।
यसैगरी अष्ट्रेलियन डलर एकको खरिददर ९६ रुपैयाँ २५ पैसा र बिक्रीदर ९६ रुपैयाँ ६५ पैसा, क्यानेडियन डलर एकको खरिददर १०४ रुपैयाँ ८५ पैसा र बिक्रीदर १०५ रुपैयाँ २८ पैसा तथा सिङ्गापुर डलर एकको खरिददर १११ रुपैयाँ ६९ पैसा र बिक्रीदर ११२ रुपैयाँ १६ पैसा निर्धारण गरिएको छ।
जापानी येन १० को खरिददर ९ रुपैयाँ २० पैसा र बिक्रीदर ९ रुपैयाँ २३ पैसा रहेको छ भने चिनियाँ युआन एकको खरिददर २० रुपैयाँ ४४ पैसा र बिक्रीदर २० रुपैयाँ ५२ पैसा तोकिएको छ। साउदी रियाल, कतारी रियाल र युएई दिरामको मूल्य पनि सामान्य रूपमा बढेको देखिन्छ।
थाई भाट, मलेसियन रिङ्गेट, साउथ कोरियन वन, स्विडिस क्रोनर र डेनिस क्रोनरको विनिमयदर पनि राष्ट्र बैंकले तोकेको छ। यस्तै, हङकङ डलर, कुवेती दिनार, बहराइन दिनार र ओमनी रियालको दर उच्च स्तरमै कायम रहेको छ।
भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा निर्धारण गरिएको राष्ट्र बैंकले जनाएको छ।


दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्