|
२०८२ पुष २५
काठमाडौँ : एनएमबि बैंकको ३०औँ वार्षिक साधारण सभा हिजो त्रिभुवन आर्मी अफिसर्स क्लब, टुँडिखेलमा सम्पन्न भएको छ। सञ्चालक समितिका अध्यक्ष मनोज कुमार गोयलको सभापतित्वमा सम्पन्न सभामा सहभागी शेयरधनीहरूले बैंकका विभिन्न पक्षमा आ–आफ्नो धारणा राख्दै छलफल गरेका थिए।
सभाले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट शेयरधनीलाई हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश (कर प्रयोजनसहित) वितरण गर्ने प्रस्ताव पारित गरेको छ।
त्यसैगरी, बैंकले २०८२ आषाढ मसान्तसम्म २ अर्ब ८५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको वित्तीय विवरण सार्वजनिक गरेको छ। सो अवधिमा बैंकले २८३.६५ अर्ब रुपैयाँ निक्षेप संकलन गर्दै २४३.३ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको जनाएको छ।
हाल एनएमबि बैंकले देशभर २०२ शाखा, १८४ एटिएम र ९ एक्सटेन्सन काउन्टरमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्