माछापुच्छ्रे बैंकको वार्षिक सभा असोज १० गते पोखरामा, ८% लाभांश प्रस्ताव

DaksuMedia दाक्सु मिडिया
|
२०८२ भाद्र २०

काठमाडौ । माछापुच्छ्रे बैंक लिमिटेडको २७औं वार्षिक साधारण सभा आगामी असोज १० गते पोखराको होटल ग्राण्ड पोखरामा हुने भएको छ। बैंकले गत आर्थिक वर्ष ०८१/८२ को नाफाबाट ८ प्रतिशत लाभांश प्रस्ताव गरेको छ, जसमा ४ प्रतिशत बोनस शेयर र ४ प्रतिशत नगद लाभांश समावेश छ।

सभामा सञ्चालक नियुक्ति, वार्षिक प्रतिवेदन पारित, लेखापरीक्षक नियुक्ति, ३ अर्ब रुपैयाँ बराबरको ८.२५% ब्याजदरमा अग्राधिकार शेयर जारी लगायतका प्रस्तावहरू पनि पेश हुनेछन्।

सभा प्रयोजनका लागि बैंकले भदौ २७ गते बुक क्लोज गर्ने जानकारी दिएको छ। भदौ २६ गतेसम्म कायम शेयरधनीले मात्र लाभांश पाउने र सभामा सहभागी हुन सक्नेछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *