|
२०८२ आश्विन ८
काठमाडौं । चाडपर्वको अवसरमा एनएमबि बैंकले याडिया इलेक्ट्रिक स्कुटरको आधिकारिक वितरक कुजु नेपालसँग विशेष सहकार्य गर्दै ग्राहकलाई थप सुविधा दिएको छ।
एनएमबि बैंकका ग्राहकहरूले बैंकको कार्ड, मोबाइल बैंकिङ वा क्युआर कोडमार्फत भुक्तानी गर्दा याडिया स्कुटर खरिदमा ५ हजार रुपैयाँ छुट पाउन सक्नेछन्। यो छुट कुजु नेपालका याडिया शो–रुमहरूमा मात्र चाडपर्व अवधिभर लागु हुनेछ।
एनएमबि बैंकले यस योजनाबाट नगदरहित कारोबार प्रवर्द्धन गर्दै हरित ऊर्जा र दिगो सवारी साधनलाई प्रोत्साहन गर्ने विश्वास लिएको छ।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्