आइतबार सुनको मूल्य तोलामा ६ हजार ९०० रुपैयाँ घट्यो

DaksuMedia दाक्सु मिडिया
|
२०८२ कार्तिक ३०

काठमाण्डौँ । आइतबार सुनको मूल्य तोलामा ६ हजार ९०० रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा २ लाख ४९ हजार ७०० रुपैयाँ कायम रहेको छापावाल सुनको मूल्य आइतबार घटेर तोलामा २ लाख ४२ हजार ८०० रुपैयाँ कायम भएको हो ।

यस्तै चाँदीको मूल्य पनि घटेको छ । शुक्रबार तोलामा ३ हजार २ सय ८५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार घटेर तोलामा ३ हजार १ सय ३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *