ललितपुर । नेपाल बैंक लिमिटेड र पाटन हेल्थ ल्याब प्रा।लि। बीच उपचार सेवामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । समझौता अनुसार नेपाल बैंकमा कार्यरत कर्मचारीहरू तथा बैंकमा खाता भएका ग्राहकहरूले पाटन हेल्थ ल्याब प्रा.लि., थसिखेल, ललितपुरमा उपचार गराउँदा विभिन्न सेवा शुल्कमा छुट पाउनेछन् ।
यस्तै, प्याथोलोजी तथा अन्य ल्याब सेवामा १० प्रतिशतदेखि ३० प्रतिशतसम्म छुट उपलब्ध हुनेछ। साथै, बैंकका कर्मचारी तथा ग्राहकहरूका लागि निशुल्क होम–डेलिभरी सेवा पनि उपलब्ध रहनेछ।
सम्झौता पत्रमा नेपाल बैंकका तर्फबाट बजारीकरण तथा अनुसन्धान डिभिजनका प्रमुख निर्मल सुवेदी र पाटन हेल्थ ल्याब प्रा.लिका तर्फबाट प्रबन्ध निदेशक सरिता खड्काले हस्ताक्षर गर्नुभएको छ।
यस सम्झौताबाट नेपाल बैंकका कर्मचारी तथा ग्राहकहरूले पाटन हेल्थ ल्याब प्रा.लि.मार्फत प्रदान गरिने स्वास्थ्य सेवाहरू विशेष सुविधासहित प्राप्त गर्न सक्ने भएका छन् ।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्