कुमारी बैंकका ग्राहकलाई बन्दिपुर केबलकारमा विशेष छुट

DaksuMedia दाक्सु मिडिया
|
२०८२ मंसिर ८

काठमाण्डौँ । कुमारी बैंक लिमिटेड र बन्दिपुर केबल कार एण्ड टुरिजम लिमिटेडबीच कुमारी बैंकका ग्राहकहरूलाई बन्दिपुर केबलकारद्वारा प्रदान गरिने विभिन्न सेवामा विशेष छुट उपलब्ध गराउने सम्झौता सम्पन्न भएको छ।

यस सम्झौता बमोजिम बन्दिपुर केबलकार एण्ड टुरिजम लिमिटेडबाट प्रदान गरि आएको सेवाहरुमा कुमारी बैंकका ग्राहकहरूलाई केबलकार टिकट, स्काई साईकिलिङ र जिपलाईन टिकट तथा डाईभ इन रेष्ट्रोमा १३ प्रतिशतसम्मको छुट दिने सम्बन्धमा सम्झौता भएको छ । बैंकको तर्फबाट बैंकका गण्डकी प्रदेश प्रमुख सुदर्शन जंग राणा र केबल कारका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रोमन मान श्रेष्ठ बिच मंसिर ७ गते मा छुट सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

२४ वर्षदेखि बैंकिङ सेवा प्रदान गर्दै आएको कुमारी बैंकले देशभर ३०२ शाखा, ३१७ एटीएम, ५० एक्सटेन्सन काउन्टर तथा ४८ शाखारहित बैंकिङ इकाईमार्फत सेवा दिँदै आएको छ। बैंकले आगामी दिनमा अझ सरल, सुलभ र उत्कृष्ट सेवा विस्तारका लागि निरन्तर सहकार्य गर्दै जाने प्रतिबद्धता जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *