|
२०८२ पुष २
काठमाण्डौँ । सुनचाँदीको मूल्य निरन्तर बढिरहेको छ । मङ्गलबारको तुलनामा आज सुन तोलामा ७०० सय र त्यतिनै परिमाणको चाँदी १७० ले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु दुई लाख ५९ हजार ७०० कायम भएको छ भने एक तोला चाँदीको मोल ४ हजार ५५ निर्धारण भएको छ ।
मङ्गलबार सुनको मूल्य प्रतितोला दुई लाख ५९ हजार निर्धारण भएको थियो भने एक तोला चाँदी रु तीन हजार ८ सय ८५ मा कारोबार भएको थियो ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ३ सय ३० र त्यति नै परिमाणको चाँदी ६५ अमेरिकी डलरमा खरिदबिक्री भइरहेको छ ।


दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्