×

एक हजार चार सयले बढ्यो सुनको मूल्य

कार्तिक २३, २०७९ | दाक्सु मिडिया सम्वाददाता

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक हजार चार सयले बढेको छ । अघिल्लो दिन प्रति तोला रु ९४ हजारमा कारोबार भएको सुनको मूल्य आज प्रति तोला रु ९५ हजार चार सय तोकिएको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रति तोला रु ९४ हजार नौ सय छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९३ हजार पाँच सय थियो ।     त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रति तोला रु ३० ले बढेर रु एक हजार दुई सय ९५ पुगेको महासङ्घले जनाएको छ । महासङ्घले अन्तराष्ट्रिय बजारको सुन तथा चाँदीका कारोबार मूल्यका आधारमा यहाँ दैनिक मूल्य तोक्दै आएको छ । 

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: