काठमाण्डौँ । नेपालले सन् २०२५ का लागि फिच रेटिङ्सबाट आफ्नो दोस्रो सार्वभौम क्रेडिट रेटिङ ‘बीबी माइनस’ कायम राख्न सफल भएको छ। गत वर्षको मूल्यांकनबाट पनि नेपालले यही रेटिङ प्राप्त गरेको थियो ।
पछिल्ला महिनाहरुमा देखिएको सामाजिक–राजनीतिक चुनौती, वर्षाजन्य प्राकृतिक विपत्ति र विश्वव्यापी आर्थिक सुस्तताजस्ता परिस्थितिका बीच पनि गत वर्षको जस्तै रेटिङ कायम रहनुले नेपालको दीर्घकालीन दायित्वहरु पूरा गर्ने क्षमतालाई अन्तर्राष्ट्रिय रुपमा पुनः प्रमाणित गर्नुका साथै समष्टिगत आर्थिक स्थायित्व स्थिर र बलियो रहेको पुष्टि गर्दछ।
चुनाव–केन्द्रित खर्च तथा अनिश्चितता बढ्ने सम्भावनाबीच पनि सरकारले अपनाएको वित्तीय अनुशासन, राजस्व व्यवस्थापनमा सुधार, उचित खर्च प्राथमिकता, समयमै चुनाव सम्पन्न गर्ने प्रतिबद्धता र रणनीतिक परियोजनाहरुलाई अवरोधरहित रुपमा निरन्तरता दिने नीतिले अन्तर्राष्ट्रिय समुदायमा नेपालप्रतिको विश्वास मजबुत बनाएको छ। यसका साथै नेपालले प्राप्त गरेको यो रेटिङले मुलुकभित्र स्थिर तथा सकारात्मक आर्थिक आधार तयार हुँदै गएको स्पष्ट संकेत दिएको छ।


दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्