×

सुनको भाउले नयाँ रेकर्ड कायम

मंसिर १८, २०८० | दाक्सु मिडिया सम्वाददाता

काठमाडौं। नेपाली बजारमा सुनको भाउ आकासिएको छ। बिहेको लगनका कारण पनि पछिल्लो समयमा दिनदिनै नयाँ रेकर्ड बनाउँदै आएको सुनको भाउले पुनः नयाँ रेकर्ड कायम गरेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा प्रतितोला ८ सय रुपैयाँले सुन महँगिएको छ, जसअनुसार आज सुनको भाउ प्रतितोला १ लाख २१ हजार ६ सय पुगेको छ।

आइतबार प्रतितोला १ लाख २० हजार ८ सयमा सुनको कारोबार भएको थियो। नेपाली बजारमा चाँदीको मूल्य भने प्रतितोला १५४५ रुपैयाँमा नै हिजोका भाऊमा नै स्थिर रहेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: