काठमाण्डौँ । महालक्ष्मी विकास बैंक अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्राप्त आइएसओ ९००१ः २०१५ बाट पुनः प्रमाणित भएको छ ।
गुणस्तर व्यवस्थापन प्रणालीमा अन्तर्राष्ट्रिय स्तरको गुणस्तरीय सेवा प्रदान गर्न अब्बल भएसँगै गत वर्ष साउनदेखि लागु हुने गरी बैंक प्रमाणित भएकोमा गत भदौमा भएको पहिलो सर्भिलियन्स अडिटबाट पुनः प्रमाणित हुन सफल भएको हो ।
बैंकले ‘प्रोभिजन अफ डेभलपमेन्ट बैंकिङ एक्टिभिटिज’ अन्तर्गत प्रमाणपत्र प्राप्त गरेको र यस्तो प्रमाणपत्र प्राप्त गर्नेमा विकास बैंकहरुमा महालक्ष्मी विकास बैंक अग्रणी बैंक बनेको थियो ।
अन्तर्राष्ट्रिय मापदण्ड अनुरुपको बलियो गुणस्तर व्यवस्थापन प्रणाली कायम गरेका साथै उत्कृष्ट सेवा प्रदान गर्न सक्ने, ग्राहक सन्तुष्टीलाई सुनिश्चित गर्न सक्ने तथा आफ्नो कार्य प्रणालीलाई निरन्तर रुपमा सुधार गर्न सक्ने संस्थाले मात्र यस्तो प्रमाणपत्र प्राप्त गर्न योग्य हुन्छन् ।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्