कामना सेवा विकास बैंक र स्काइवाक नेपालबीच विशेष छुट सम्बन्धी सम्झौता, ग्राहकलाई २५% छुट

DaksuMedia दाक्सु मिडिया
|
२०८२ श्रावण २१

काठमाडौं | कामना सेवा विकास बैंकले आफ्नो ग्राहक तथा  लक्षित गर्दै स्काइवाक नेपालसँग विशेष सेवा शुल्क छुट सम्बन्धी सम्झौता गरेको छ। उक्त सम्झौताले बैंकसँग आबद्ध ग्राहक तथा कर्मचारीहरूलाई स्काइवाक नेपालको टिकटमा २५ प्रतिशतसम्म छुट प्रदान गर्नेछ।

सम्झौताअनुसार, बैंकका ग्राहकहरूले बैंकसँगको आबद्धता प्रमाणित गर्ने कागजात प्रस्तुत गरेपछि स्काइवाक नेपालको रोमाञ्चक साहसिक गतिविधिमा आकर्षक छुटको सुविधा प्राप्त गर्न सक्नेछन्।

सम्झौतामा कामना सेवा विकास बैंकका तर्फबाट काठमाडौं क्षेत्र प्रमुख केदारनाथ शर्मा र स्काइवाक नेपालका तर्फबाट विभागीय प्रमुख दुष्यन्त ठाकुरले हस्ताक्षर गरेका हुन्।

बैंकले विश्वास व्यक्त गरेको छ कि यस सहकार्यले ग्राहकहरूलाई थप लाभान्वित गर्दै, दुवै संस्थाबीचको सम्बन्धलाई सुदृढ बनाउनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *