कामना सेवा विकास बैंकले सार्वजनिक गर्‍यो चौथो त्रैमासको वित्तीय विवरण, नाफा ९.१९% ले वृद्धि

DaksuMedia दाक्सु मिडिया
|
२०८२ श्रावण २

कामना सेवा विकास बैंकले आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। साउन २ गते नै विवरण ल्याउँदै, बैंक वित्तीय विवरण सार्वजनिक गर्ने पहिलो बन्न सफल भएको छ।

बैंकले गत वर्षको तुलनामा ९.१९% ले वृद्धि गर्दै ६३ करोड ५२ लाख रुपैयाँ खुद नाफा कमाएको छ। नाफा वृद्धिको मुख्य कारण खुद ब्याज आम्दानी र फी तथा कमिशन आम्दानीमा आएको सुधार हो। खुद ब्याज आम्दानी ५.२५% ले बढेर २ अर्ब २४ करोड नाघ्दा, फी आम्दानी १५.०४% ले बढेको छ। यद्यपि, सञ्चालन मुनाफा १.९७% मात्र बढेर ९८ करोड ६९ लाखमा सीमित भएको छ।

बैंकको वितरणयोग्य मुनाफा अघिल्लो वर्ष ऋणात्मक (–४१ करोड) बाट ६० करोड ७४ लाखमा उकालो लागेको छ, जसले आगामी लाभांशको सम्भावना बलियो बनाएको छ। बैंकको ईपीएस १८.१० रुपैयाँ पुगेको छ भने प्रति शेयर नेटवर्थ १६८ रुपैयाँ १३ पैसा रहेको छ। हालको पीई रेसियो २७.६९ गुणा रहेको छ।

निक्षेप ६२ अर्ब ८३ करोड र कर्जा प्रवाह ४९ अर्ब ९६ करोड पुगेको छ। एनपीएल भने ३.३६% बाट ३.३८% मा झिनो रूपमा बढेको छ। जगेडा कोष २ अर्ब ३९ करोड पुगेको छ। बैंक हाल १३० शाखामार्फत सेवा दिइरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *