नेशनल लाइफको चेयरपर्सन क्लब कार्यक्रममा ५ सय २६ जना अभिकर्ता सम्मानित

DaksuMedia दाक्सु मिडिया
|
२०८२ कार्तिक २३

काठमाण्डौँ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताहरुका लागि इलाईट लिडर्स कन्क्लेभ भन्ने नाराका साथ ३ दिने “चेयरपर्सन क्लव, तालिम तथा सम्मान कार्यक्रम” सम्पन्न भएको छ ।

आर्थिक बर्ष २०८१/२०८२ मा तोकिएको लक्ष्य पुरा गर्न सफल ५ सय २६ जना अभिकर्ताहरुलाई कम्पनीकी अध्यक्ष प्रेमा राज्यलक्ष्मी सिंहको समुपस्थितीमा चेयरपर्सन क्लबको सदस्यता वितरण तथा सम्मान प्रदान गरिएको हो ।

कार्यक्रममा उपस्थित अभिकर्ताहरुलाई जीवन बीमा व्यवसायमा थप हौसला प्रदान गर्दै अभिकर्ताहरुको व्यवसायिक दक्षता अभिवृद्धि गर्ने उदेश्यले चर्चित मोटिभेटर प्रशिक्षक एवं पूर्व बैंकर अनिल केशरी शाहले प्रशिक्षण प्रदान गरेका थिए । कार्यक्रम ललितपुर स्थित होटल रोयल टुलिप आयोजना गरिएको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *