|
२०८२ भाद्र १२
काठमाडौं, भदौ १२ — आइएमई लाइफ इन्स्योरेन्सले ओम प्रकाश राईलाई मधेश प्रदेशको प्रदेश प्रमुखमा नियुक्त गरेको छ। कम्पनीको सुरुवातदेखि नै कोशी प्रदेशमा विभिन्न जिम्मेवारी सम्हाल्दै आएका राई यसअघि शाखा प्रमुख र प्रदेश उपप्रमुखका रूपमा कार्यरत थिए।
राईले शाखा सञ्चालन, तालिम सञ्चालन तथा नेतृत्व विकासमा विशेष दक्षता हासिल गरेका छन्। पूर्वी नेपालको बीमा क्षेत्रमा उनी एक सफल र अनुभवी व्यवस्थापकका रूपमा परिचित छन्।
आइएमई समूहद्वारा प्रवर्द्धित आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले ग्राहकमैत्री सेवा र नवीन जीवन बीमा योजनामार्फत छोटो समयमा नै जीवन बीमा क्षेत्रमा अलग पहिचान बनाउन सफल भएको छ।
कम्पनीले राईको नियुक्तिसँगै मधेश प्रदेशमा जीवन बीमाको पहुँच विस्तार र व्यवसाय वृद्धिमा उल्लेखनीय सहयोग पुग्ने विश्वास लिएको छ।
दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्