काठमाडौं– अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर घट्दै गएको छ। शुक्रबार स्पट गोल्ड १.५ प्रतिशतले घटेर प्रति औन्स ४ हजार ६३ डलरमा पुगेको छ। यस साता मात्र मूल्य ४.३ प्रतिशतले घटेको छ, जुन नोभेम्बर २०२४ यताकै ठूलो साप्ताहिक गिरावट हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघले कात्तिक ३ गतेदेखि सार्वजनिक बिदा भएका कारण नयाँ मूल्य तोकेको छैन। बिदापूर्व सुनको मूल्य प्रतितोला २ लाख ५३ हजार ५ सय रुपैयाँ थियो।
तर अन्तर्राष्ट्रिय बजारको भारी गिरावटका कारण आइतबार नेपालमा सुनको मूल्य करिब १५ देखि १८ हजार रुपैयाँसम्म घट्ने अनुमान गरिएको छ।
विश्लेषकहरूले अमेरिकी डलरको मजबुती, अमेरिका–चीन व्यापारिक तनाव घट्ने सम्भावना, र लगानीकर्ताहरूले मुनाफा सुरक्षित गर्न थालेको कारणले सुनको मूल्य घटेको बताएका छन्।
यद्यपि, ब्लुम्बर्गका अनुसार यो दीर्घकालीन नकारात्मक संकेत भने होइन — मुद्रास्फीति र भू–राजनीतिक जोखिमका कारण सुनको माग दीर्घकालमा बलियो रहन सक्ने देखिन्छ।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्