×

सुनको मूल्यमा आज पुन गिरावट

माघ ५, २०७७ | दाक्सु मिडिया सम्वाददाता

काठमाडौं : आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले घटेको छ । हिजो ७ सयले घटेर तोलाको ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन आज ९१ हजार ६ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेकाले नेपाली बजारमा पनि सस्तो भएको महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताए । चाँदीको मूल्य भने आज हिजो जस्तै तोलाको १२ सय ३० रुपैयाँ कायम गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: