काठमाडौं उपत्यकामा कोरोना दर उच्च

DaksuMedia दाक्सु मिडिया
|
२०७८ पुष २८

काठमाडौं: नेपालमा एकैदिन कोरोनाका ३ हजार बढी संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार आज ३०७५ जनामा कोरोना संक्रमण देखिएको हो। त्यसमध्ये काठमाडौं उपत्यकामा १४९८ संक्रमित थपिएको मन्त्रालयले जनाएको छ। जसमा काठमाडौंमा ११२८, भक्तपुरमा १३४ र ललितपुरमा २३६ संक्रमित थपिएका हुन्। नेपालमा पछिल्लो समय कोरोना संक्रमितको संख्या दिनप्रति दिन बढिरहेको छ। सक्रिय संक्रमित संख्या बढेर ११ हजार नाघेको मन्त्रालयले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *