प्रधानमन्त्री देउवाले राष्ट्रको नाममा सम्बोधन गदै

DaksuMedia दाक्सु मिडिया
|
२०७८ माघ ७

काठमाडौ : प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार राष्ट्रको नाममा सम्बोधन गर्ने भएका छन् ।  दिउँसो ३ बजे उनले राष्ट्रका नाममा सम्वोधन गर्न लागेका हुन् । सम्वोधन नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रशारण हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।  

कोरोना महामारी र सरकारको ६ महिने काम कारबाहीबारे देउवाले सम्बोधनमार्फत जानकारी दिने बुझिएको छ । गत २९ असारमा देउवा प्रधानमन्त्री भएका थिए । सर्वोच्च अदालतको परमादेशको बलमा उनी प्रधानमन्त्री चयन भएका हुन् । उनी प्रधानमन्त्री चयन भएको पुस २९ गते ६ महिना पूरा भएको थियो । 

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *