×

तीन जना कोरोना संक्रमित भेटिएलगत्तै चीनले युझोउमा गर्यो लकडाउन्व

पुस २१, २०७८ | दाक्सु मिडिया

बेइजिङ : तीन जना कोरोना संक्रमित भेटिएलगत्तै चीनले १२ लाख जनसंख्या भएको शहर युझोउमा लकडाउन गरेको छ। 
 
कोरोना संक्रमणको पहिलो घटना देखिएपछि बाट नै बेइजिङले सीमा प्रतिबन्ध लगाउने गरेको छ। लकडाउन गरेर जिरो कोभिड दृष्टिकोण अपनाइएको पाइन्छ। तर उनीहरुको यो कोरोना नियन्त्रणको रणनीति खतरामा परेको छ। 

ओलम्पिकस सुरु हुन केवल एक महिना मात्र बाँकी छ। यस्तो अवस्थामा ठाउँठाउँमा कोरोना संक्रमणका केस देखिइरहेका छन्। हेनान प्रान्तको लगभग १२ लाख जनसंख्या भएको युझोउमा सोमबार रातीदेखि कडा लकडाउन गरिएको छ।
 
पछिल्लो समय तीन जनामा संक्रमण देखिएर यसो गरिएको हो। त्यहाँ पहिला नै सवारी साधन, सपिङ महल, संग्रहालय र पर्यटन स्थल बन्द गर्ने घोषणा गरिएको थियो। 


चीनमा मंगलबार १७५ जनामा कोरोना संक्रमण देखिएको छ। उक्त संक्रमितको संख्या २०२० मार्चपछि चीनमा भेटिएको सबैभन्दा बढी हो। सिआनमा मंगलबार ९५ जनामा संक्रमण देखिएको छ। १.३ करोड जनसंख्या भएको उक्त क्षेत्रमा पछिल्लो २ हप्तादेखि लकडाउन छ।
 

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: