स्मार्टच्वाइस र हिमालयन बैंकबीच स्मार्ट क्युआर भुक्तानी सेवा सञ्चालनको लागि सम्झौता

DaksuMedia दाक्सु मिडिया
|
२०७९ फाल्गुन २४

नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालनको अनुमति प्राप्त स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससिटी) र हिमालयन बैंकबीच स्मार्ट क्युआर मार्फत भुक्तानी सेवा सञ्चालनको लागि सम्झौता सम्पन्न भएको छ।

थपिएको यस सेवाबाट मोबाइल बैंकिङ एप एचआई-एमबी प्रयोगकर्ताहरूले भाटभटेनी सुपर मार्केट, बिग मार्ट, एक्सप्रेस मार्ट, किराना, बिग डिजिटल लगायत स्मार्ट क्युआरमा आवद्ध भएका मर्चेन्टहरू मार्फत वस्तु तथा सेवाको भुक्तानी गर्दा सजिलै भुक्तानी गर्न सकिनेछ। 

यसै गरी हिमालयन बैंकका मर्चेन्टहरूले पनि स्मार्ट क्युआरमा आवद्ध भएका बैंक तथा वित्तीय संस्थाका ग्राहकहरू मार्फत भुक्तानी प्राप्त गर्न सक्नेछन्।

इएमभी स्ट्याण्डर्डमा जारी गरी फाइनेन्सियल स्वीच मार्फत कारोबारको भुक्तानी तथा फर्छ्योट गर्ने भएकाले स्मार्ट क्युआरमार्फत भुक्तानी लिन तथा दिन सहज, सुरक्षित र भरपर्दो रहन्छ।

बिगत २० वर्षदेखि डिजिटल भुक्तानीमा गुणस्तरीय सेवा दिँदै आएको स्मार्टच्वाइस टेक्नोलोजिज र हिमालयन बैंकबीच भएको यस सम्झौताले समग्र नेपालको डिजिटल भुक्तानीको क्षेत्रमा टेवा पुग्ने आशा दुवै पक्षले लिएका छन्। 

यस सम्झौतापश्चात राष्ट्रिय वाणिज्य बैंकका ग्राहकहरूले एससिटी युपिआई डेबिट कार्डको आधुनिक, सुरक्षित, गुणस्तरीय तथा भरपर्दो सेवा प्राप्त गर्न सक्नेछन्। साथै, एससिटी युपिआई सञ्जालको प्रयोगबाट ग्राहकहरूले नेपाल तथा भारतमा एटिएम, पोस, ई-कमर्श जस्ता सेवा सजिलै लिन सक्नेछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *