काठमाण्डौँँ । लगाताार बढेको ६ कारोबार दिनपछि सोमबार सेयर बजार घटेको छ । अघिल्लो दिनको तुलनामा आज नेप्से परिसूचक २२.३५ अंक घटेको हो । सो गिरावटपछि नेप्से २६८४ अंकमा कायम भएको छ । कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ९ अर्ब ५० करोडको कारोबार भएकोमा आज ८ अर्ब ३७ करोडमा खुम्चिएको छ ।
कुल ३९ कम्पनीको मूल्य बढ्दा २०९ को घट्यो । अधिकांश सेक्टरका सूचक घटेका छन् । फाइनान्स सबैभन्दा धेरै ३.७६ प्रतिशत घट्यो । बैंकिङ ०.७९, विकास बैंक ०.८१, हाइड्रोपावर १.०२, लगानी ०.७६, जीवन बीमा ०.९३, उत्पादन तथा प्रशोधन १.२४, माइक्रोफाइनान्स ०.७०, निर्जीवन बीमा ०.६६, अन्य ०.१५ तथा व्यापार १.२५ प्रतिशत घटे । होटल तथा पर्यटन समूह ०.६१ प्रतिशत बढ्यो ।
आज धेरै कारोबार भएका पाँच कम्पनीमा नेपाल पुनर्बीमा, गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स, एनआरएन इन्फ्रास्ट्रक्चर, साहस ऊर्जा र ङादी ग्रुप पावर क्रमशः छन् ।
दाक्सु मिडिया





तपाईको प्रतिक्रिया दिनुहोस्