×

६ दिनपछि बढ्यो सेयर बजार

चैत्र १०, २०८१ | दाक्सु मिडिया

काठमाण्डौँ । अघिल्ला ६ कारोबार दिन लगातार घटेको सेयर बजार सोमबार बढेको छ ।

बजारको परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा आज ३०.५२ अंक (१.१६ प्रतिशत) बढेको हो । सो वृद्धिपछि नेप्से २६४५ अंकमामा कायम भएको छ । कारोबार सुरु हुँदा केही गिरावट देखिएको बजार ११ स् १९ मा २५९३ अंकसम्म झरेको थियो । त्यसपछि बजारले समातेको बढ्दो गति अन्तिमसम्म कायमै रह्यो ।

चैत ३ यता कारोबार भएका ६ दिन बजार लगातार घटेको थियो । फागुन १९ गतेबाट ओरालोमा देखिएको बजार २८ गते एक दिन बढेको थियो ।

बजारको परिसूचक बढ्दा पनि कारोबार रकम घटेको छ । अघिल्लो दिन ६ अर्ब ३२ करोडको कारोबार भएकोमा आज ४ अर्ब ४८ करोडको करोडको भयो । २ सय १० कम्पनीको मूल्य बढ्दा ३३ को घट्यो ।

कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स, सीएचडीसी, नेपाल पुनर्बीमा, गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स र सिन्धु विकास उत्कृष्ट पाँचभित्र पर्न सफल भएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: