
काठमाण्डौँ । सरकारले नेपाल स्टक एक्सचेन्जको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा चुडामणी चापागाईलाई नियुक्त गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले चापागाईँलाई सीईओमा नियुक्त गरेको हो । उक्त निर्णय अनुसार राजश्व सचिव दिनेश कुमार घिमिरेले उनलाई नियुक्ति पत्र हस्तान्तरण गरेका छन् ।
नेप्से सीईओका लागि गत फागुन १२ मा पहिलोपटक आवेदन माग हुँदा १२ जनाले आवेदन दिएका थिए । तीमध्ये यही चैत ३ मा अर्थ मन्त्रालयले सहसचिव सेवन्तक पोखरेलको संयोजकत्वमा गठन गरेको नियुक्ति सिफारिस समितिले ५ जनाको नाम सिफारिस गरेको थियो । उक्त सूचीमा चापागाईँ पहिलो नम्बरमा थिए । उनीसहित नारदकुमार लुइँटेल, पूर्णप्रसाद आचार्य, बद्रीप्रसाद प्याकुरेल र हेमन्त बस्याल सूचीमा थिए ।
उनी सानिमा बैंकको इटहरी शाखाका ब्रान्च म्यानेजरको रूपमा ३ वर्ष काम गरेका थिए । असिस्टेन्ट जनरल म्यानेजरको रूपमा युनियन लाइफ इन्स्योरेन्समा काम गरेको अनुभव छ । सानिमा लाइफ इन्स्योरेन्समा डेपुटी जनरलको भूमिका समेत काम गरेको अनुभव उनीसँग छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया