|
२०८३ आश्विन १७
बुटवल । दोस्रो संस्करणको मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित रनिङ शिल्ड पुरुष भलिबल प्रतियोगिताको उपाधिका लागि आज नेपाल पुलिस क्लब र सभापोखरी स्पोर्ट्स क्लब आमनेसामने हुँदैछन्।
शुक्रबार सम्पन्न सेमिफाइनलमा पुलिसले विभागीय प्रतिद्वन्द्वी एपीएफलाई ३–१ सेटले तथा सभापोखरीले भारतको खैरा क्लब पञ्जाबलाई समान ३–१ सेटमा हराउँदै फाइनल यात्रा तय गरेका थिए।
प्रतियोगिताको विजेताले रनिङ शिल्डसहित ७ लाख रुपैयाँ पुरस्कार पाउनेछ। उपविजेताले ३ लाख ५० हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ।


दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्