|
२०८३ आश्विन १७
काठमाडौं । नवलपरासी पूर्वको विनयी त्रिवेणी गाउँपालिका–२ स्थित पूर्वपश्चिम राजमार्गमा बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ।
नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको प्रदेश ३–०१–००६ ख १५५३ नम्बरको बस एस मोडबाट नालामा खसेको हो। दुर्घटनामा ११ जना घाइते भएका छन् भने एक जनाको अवस्था गम्भीर रहेको छ।
बसमा चालकसहित १८ जना यात्रु रहेको प्रारम्भिक विवरण छ। गम्भीर घाइतेलाई भरतपुर र अन्यलाई डण्डास्थित स्वास्थ्य संस्थामा उपचारका लागि लगिएको छ। मृतकको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।


दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्