९ देशका राजदूत फिर्ता बोलाउने तयारीमा देउवा सरकार, युवराज खतिवडा पनि

DaksuMedia दाक्सु मिडिया
|
२०७८ श्रावण ३१

काठमाडौं। अघिल्लो केपी ओली नेतृत्वको सरकारले गरेका नियुक्तीहरु खारेज गर्ने अभियान चलाएको वर्तमान सरकारले विभिन्न ९ देशका राजदूतलाई फिर्ता बोलाउने तयारी गरेको छ। अघिल्लो सरकारले राजनीतिक पृष्ठभूमिका आधारमा नियुक्त गरेका राजदूतलाई वर्तमान सरकारले फिर्ता बोलाउने तयारी गरेको हो।

सरकारले ओलीको कार्यकालमा सिफारिस गरिएका ११ जना प्रस्तावित राजदूतहरूको सिफारिस गरिसकेको छ। मुलुकको उच्च कूटनीतिक प्राथमिकता रहेका मुलुकहरूमा यी राजदूतले परिवर्तित सन्दर्भमा नयाँ सरकारको प्रतिनिधित्व गर्न नसक्ने सत्तारुढ दलहरूको बुझाइ छ।

मन्त्रिपरिषद् विस्तार लगत्तै कर्मचारी पृष्ठभूमिबाहेकका सबै राजदूतहरू फिर्ता बोलाउने तयारी रहेको स्रोतको जनाएको छ। काँग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीको भागबण्डाका आधारमा कम्तीमा १६ मुलुकमा राजदूत सिफारिस हुनेछन्। म्याद थपिएकासमेत गरी हाल १३ मुलुकमा राजदूत नियुक्ति गर्नुपर्नेछ।

महेन्द्रबहादुर पाण्डे (चीन), डा. वंशीधर मिश्र (बंगलादेश), नारदमुनि भारद्वाज (कतार), युवराज खतिवडा (अमेरिका), अञ्जान शाक्य (इजरायल), उदयराज पाण्डे (मलेसिया), दावाफुटी शेर्पा (स्पेन), डा.निर्मलकुमार विश्वकर्मा (दक्षिण अफ्रिका), नीलाम्बर आचार्य (भारत) हरुलाई फिर्ता बोलाउने तयारी भएको बताइएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *