पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकमा सुभाषचन्द्र जोशी नियुक्त

DaksuMedia दाक्सु मिडिया
|
२०८१ असार १७

काठमाण्डौं : पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकमा सुभाषचन्द्र जोशी नियुक्त भएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङको अध्यक्षतामा बसेको पशुपति क्षेत्र विकास सञ्चालक परिषद्को सोमबार बसेको बैठकले जोशीलाई कार्यकारी निर्देशक नियुक्त गरेको हो ।

खुल्ला प्रतिस्पर्धाबाट जोशी छनौट भएको मन्त्रालयले जनाएको छ । शिक्षा क्षेत्रको नेतृत्वदायी भुमिकामा रहेर झन्डै दुई दशकको अनुभव बटुलेका जोशीले आजै सपथ लिएका छन् । नवनियुक्त कार्यकारी निर्देशक जोशीले पछिल्लो कार्यविधि अनुसार आफू छनौट हुन सफल भएको भन्दै आफूले अब सबै पक्षसँग समन्वय गरेर आफूले सिकेका, जानेका कुरा अनुसार त्याहाँको बस्तु स्थिति अनुसार अगाडी बढ्ने प्रतिवद्धता जनाए ।

उनले पशुपति विश्वकै हिन्दूको आस्थाको केन्द्र भएकाले त्यसलाई थप शसक्त बनाउने र विकासमा एउटा ईट्टा थप्ने आफ्नो प्रयत्न हुने बताए । पछिल्लो समय पशुपति विकास कोशको कार्यकारी निर्देशक नियुक्ति प्रक्रियालाई लिएर आलोचना हुने गरेकोमा यो पटक मन्त्री तामाङको निर्देशनमा खुल्ला प्रतिस्पर्धाबाट नियुक्त गरिएको मन्त्रालयले जनाएको छ ।

तत्कालिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य एवम पत्रकार लक्ष्मी पुनलाई कार्यकारी निर्देशक नियुक्त गरेका थिए । तर, अदालतले अयोग्य व्यक्तिलाई कार्यकारी निर्देशक पदमा नियुक्त गरको भन्दै पदमुक्त गरेको थियो । पुन पदमुक्त भएदेखि कार्यकारी निर्देशकको पद रिक्त रहेको थियो ।

केही समयदेखि रिक्त रहेको कार्यकारी निर्देशक पदमा यहीँ जेठ २३ गते कोषको कार्यकारी निर्देशकमा खुला प्रतिस्पर्धाबाट नियुक्ति गर्नेगरी कोषले आवेदन माग गरेको थियो । पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकको पद नेपाल सरकारको राजपत्रांकित विशिष्ट श्रेणी वा सचिव सरहको पद हो । जोशीले आजै पदभार ग्रहण गरेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *