आज देखि अण्डाको भाउ बड्यो

DaksuMedia दाक्सु मिडिया
|
२०८१ मंसिर २२

चितवन । आज देखि लागु हुने गरी अन्डाको मूल्य बढेको छ । नेपाल लेर्यस कुखुरापालक सङ्घका अध्यक्ष विनोद पोखरेलले दुई सातादेखि अन्डाको मूल्य क्रमशः बढ्दै गएको र ठूलो अन्डाको फाम रेट प्रतिक्रेट (३० वटाको) रुपैयाँ चार सय ७० र मझौलाको रुपैयाँ चार सय ५५ कायम गरिएको छ ।

मूल्य बढेपछि किसान भने उत्साहित बनेका छन् । पोल्ट्री व्यवसायी मञ्चका निवर्तमान अध्यक्ष राजेन्द्र लामिछानेले उत्पादन घटेको र माग बढेकाले पूर्ववत् अवस्थामा अन्डाको मूल्य वृद्धि भएको बताए । हाल दैनिक २२ लाख गोटा हाराहारी अन्डा उत्पादन हुँदै आएका उनले जानकारी दिए ।

पोखरेलले जाडोका कारण उत्पादनमा कमी, अन्डा उत्पादन गर्ने कुखुरामा गिरावट, विद्यालय तथा क्याम्पस सञ्चालनमा आएसँगै अन्डाको मूल्य वृद्धि भएको बताए। उनका अनुसार यसअघि अन्डाको मूल्य पाँच सय पाँच रुपैयाँसम्म पुगेर क्रमशः घटेको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *