फेरि बढ्यो अण्डाको भाउ

DaksuMedia दाक्सु मिडिया
|
२०८१ कार्तिक ९

काठमाडौं : बजारमा फेरि अण्डाको मूल्य बढेको छ। व्यवसायीहरूका अनुसार मागअनुसारको उत्पादन नहुँदा मूल्य बढेको हो।

बिहिबारबाट लागु हुने गरी प्रतिक्रेट २० रूपैयाँका दरले मूल्य बढेर आएको टोखा–भण्डारी टोलस्थित लुम्बिनी अण्डा सप्लायर्सका सञ्चालक दिपक कुँवरले जानकारी दिए। उनका अनुसार तिहारमा अण्डाको माग धेरै हुन्छ। दसैंमा अण्डाको खपत कम भएर मूल्य घटाइएको थियो। तिहार लागेसँगै फेरि मूल्य बढाउन थालिएको हो। हाल बजारमा मध्यम, ठूलो, एक्सेल गरी तीन आकारका अण्डा पाइन्छ।

अब किसानका लागि मध्यम अण्डा प्रतिक्रेट चार सय ६०, ठूलो अण्डा चार सय ५७ र एक्सेल अण्डा पाँच सय ४ सय ९० रूपैयाँ तोकिएको छ।आइतबारसम्म किसानका लागि मध्यम अण्डा प्रतिक्रेट चार सय ४०, ठूलो अण्डा चार सय ५५ र एक्सेल अण्डा पाँच सय ४ सय ७० रूपैयाँ तोकिएको थियो।

किसानले पाउने मूल्य बढेसँगै उपभोक्ता मूल्य प्रतिक्रेट २० रूपैयाँकै दरले बढेको कुँवरको भनाइ छ। ‘आकार अनुसार मूल्य फरक हुन्छ,’ उनले भने, ‘त्यो पनि पसल अनुसार फरक छ। खुद्राको तुलनामा होलसेलमा अलि सस्तो हुन्छ।’ उनका अनुसार हाल उपभोक्ताले मध्यम आकारको अण्डाको लागि प्रतिक्रेट पाँच सय १० रूपैयाँ तिर्नुपर्छ।

त्यस्तै, ठूलो अण्डा पाँच सय ४० रूपैयाँसम्म पर्छ भने एक्सेल अण्डाको मूल्य प्रतिक्रेट पाँच सय ५० देखि ६० रूपैयाँ पर्छ। यसअघि उपभोक्ताले मध्यम आकारको अण्डाको लागि प्रतिक्रेट ४ सय ९०,  ठूलो अण्डा पाँच सय २० रूपैयाँ र एक्सेल अण्डाको मूल्य प्रतिक्रेट पाँच सय ३० देखि ४० रूपैयाँ तिरिरहेका थिए।यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *