|
२०७८ बैशाख २०
झापा । झापा जिल्ला मेचीनगर नगरपालिका १५ ज्यामिरगढी स्थित पराजुली बायोमास ब्रिकेट कोइला फ्याक्टीमा सोमबार बिहान ३ बजेदेखि आगलागी शुरु भएको प्रहरीले जनाएको छ ।
ईलाका प्रहरी कार्यालयका प्रमुख डीएसपी सुनिल दाहालले जानकारी दिए अनुसार आगो नियन्त्रणका लागि मेचीनगर, बिर्तामोड, भद्रपुर, कमल गापा, दमक र उर्लाबारीको ६ वटा दमकल सहित स्थानीय, सशस्त्र र नेपाल प्रहरी सक्रिय भए पनि नियन्त्रणमा भने ल्याउन सकिएको छैन।
बिक्रेट फ्याक्ट्रीभित्र कोइला उत्पादनका लागि आवश्यक पर्ने कच्चा पदार्थ, तयारी कोइला र केही सवारी साधनसमेत रहेकाले क्षतिको यकिन बिवरण आइनसकेको प्रहरीले जनाएको छ ।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्