आगलागी हुँदा एक घर जलेर नष्ट

DaksuMedia दाक्सु मिडिया
|
२०७८ बैशाख १५

खोटाङ : खोटाङको केपिलासगढी गाउँपालिका २ खार्तम्छामा विद्युत सर्ट भई आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ । सोमबार आगलागी हुँदा स्थानिय भइराज राईको घर जलेर नष्ट भएको हो ।

टिनको छानो भएको तीन तले घरमा आगलागी हुँदा नगद, अन्नपात, लत्ताकपडा, भाँडा वर्तन काठपातलगायतका सामाग्री पूर्ण रुपमा नष्ट हुँदा १० लाख रुपैया बराबरको क्षति भएको छ । 

राति सवा ९ बजेबाट सुरु भएको आगलागी प्रहरी र स्थानीयवासीको सक्रियतामा करिब डेढ घण्टापछि नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरिक्षक अम्मर प्रसाद गजमेरले जानकारी दिनुभयो । 

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *